सप्तरीमा शनिबार थपिए २३ नयाँ संक्रमित

श्रावण १७, २०७७

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा १८ जनासहित जिल्लामा शनिबार २३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समेत जिल्लामा कोरोनाको संक्रमितको संख्या ४ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रण्जितकुमार झाका अनुसार शनिबार आएको परीक्षण रिर्पोट अनुसार राजविराज नगरपालिकाको विभिन्‍न वडाका १८ जना,हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना र तिरहुत गाउँपालिकाका १ जना गरि २३ जना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहले आ-आफनो क्षेत्रभित्र लकडाउनको आह्वान गरेको छ । स्थानीय प्रशासनले राजविराज नगर क्षेत्रभित्र गत साउन ८ गतेदेखि निषेधाज्ञा नै जारी गरेको छ  ।

Link copied successfully