वीरगञ्जमा ५ स्वास्थ्यकर्मीसहित ७ जना डिस्चार्ज 

असार १३, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्जको नारायणी अस्थाई कोभिड अस्पतालबाट ५ जना स्वास्थ्यकर्मीसहित सातजना कोरोना संक्रमण मुक्त भई शनिबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत एक महिलासहित पाँचजना स्वास्थ्यकर्मी र वीरगन्ज महागरपालिका निवासी एकजना ३४ वर्षीय महिला र १९ वर्षीय पुरुष रहेका छन् ।

पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि सातजनालाई डिस्चार्ज गरिएको अस्थाई कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जनाए । 

‘कोरोना मुक्त भई डिस्चार्ज हुने ७ जनामध्ये ५ जना स्वास्थ्यकर्मी हुन्,’ कान्तिपुरसँग डा.सिंहले भने, ‘पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि शनिबार दिउँसो उनीहरुलाई डिस्चार्ज गरिएको हो ।’ गत जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नारायणी अस्थाई कोभिड अस्पताल ल्याइएको थियो । नगरपालिकाको क्वारेन्टाइनमा राखिएकाहरुको चेकजाँच गर्ने क्रममा स्वास्थ्यकर्मी संक्रमित भएका थिए । अस्थाई कोभिड अस्पतालमा अब २७ जना संक्रमित रहेका छन् । 

कोरोना भाइरस

भूषण

Link copied successfully