२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'होम क्वारेन्टाइन स्वीकार्य छैन, क्वारेन्टाइनको व्यवस्था गर स्थानीय सरकार' भन्दै प्रदर्शन

काठमाडौँ — बाहिरबाट आएका व्यक्तिका लागि क्वारेन्टाइन स्थापना गर्न भन्दै कीर्तिपुरका स्थानीयले प्रदर्शन गरेका छन् । सरकारले होम क्वारेन्टाइन बस्नुपर्ने भनेपछि स्थानीयहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

'होम क्वारेन्टाइन स्वीकार्य छैन, क्वारेन्टाइनको व्यवस्था गर स्थानीय सरकार' भन्दै प्रदर्शन

कीर्तिपुरका स्थानीयले पाँगा दोबाटोमा होम क्वारेन्टाइन स्वीकार्य नभएकाले स्थीय तहले क्वारेन्टाइन निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

गृह मन्त्रालयले होम क्वारेन्टाइन बस्न दिने भन्ने निर्णय गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले दूरी कायम गरेर विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएका थिए ।

'नागरिक खबरदारी प्रदर्शन' कार्यक्रम रहेको सहभागीले बताएका थिए ।

प्रकाशित : असार १३, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?