भोटेकोशीको बाढीमा बर्दियाका ५ जना बेपत्ता

असार २४, २०८२

कमल पन्थी

5 people from Bardia missing in Bhotekoshi flood

बर्दिया — भोटेकोशीको बाढीमा बर्दियाका ५ जना बेपत्ता भएका छन् । कामको सिलसिलामा गएका उनीहरुलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् ।

तीन जना बारबर्दिया नगरपालिका–१० गुमस्ताका ३६ वर्षीय जिपन चौधरी, सोही पालिका–१० फेनापतिका ३२ वर्षीय सन्तोष दहित र त्यही ठाउँका २५ वर्षीय बुद्धिराम चौधरी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यसै गरी बढैयाताल गाउँपालिका–६ भदहीका २९ वर्षीय लक्ष्मीनारायण थारु र बारबर्दिया–९ का ३० वर्षीय सुरेश थारु बेपत्ता भएको प्रजिअ पौडेलले जनाए ।

बारबर्दिया–१० का वडा अध्यक्ष रणबहादुर चौधरीले यसै वडाका तीनै जना हाइड्रोपावरमा काम गर्न गएको बताए । बुद्धिराम र सन्तोष गत माघमा र जिपन जेठ महिनामा रसुवा गएको वडा अध्यक्ष चौधरीले जनाए । 

   

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully