नारायणीको पानी बाँध भत्काएर सुस्ता पस्यो  

आश्विन १२, २०८१

नवीन पौडेल

Narayani's water dam broke and Susta fell

परासी — पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाँध(तटबन्ध ) भत्किएर बाढी पसेको छ । बिहान वर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा अहिले बाँध नै भत्काएर पानी पसेपछि स्थानीय लाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । 

नारायणी नदीमा पानीको बहाव बढ्दो रहेको र बस्तीमा नदीको पानी पसेको कारण सुरक्षित स्थानमा सर्नका लागि स्थानीय लाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्  ।

बाढी पसेको स्थानका नागरिकलाई सुस्तामा रहेको आपत्कालीन आश्रय स्थलमा राखिएको छ । शनिबार बिहान थारु गाउँ जलमग्न भएकोमा अहिले नदिको पानी सुस्ताको सैनिक टोल बाट बाढी  पसेको हो । बाढी पसेको भएपनि मानवीय क्षती भने भएको छैन । 

जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको बहाव उच्च रहेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजग रहन प्रशासनले आग्रह गरेको छ । 

बाढी पहिरो

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully