उपमहानगरमा पराजित भइन् उपमेयर

मंसिर ३, २०७८

रुपा गहतराज

नेपालगन्ज — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगर सभापतिका लागि भएको निर्वाचनमा उपमेयर उमा थापा मगर पराजित भएकी छन् ।

बिहीबार राति भएको गणनापछि उपमहानगर सभापतिका लागि प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनले २सय ४३ मत ल्याएका थिए ।प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै विनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले बताए  । 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा सभापतिसहित संस्थापन (देउवा)पक्षको पूरै प्यानल निर्वाचित भएको हो । 

उक्त निर्वाचनमा संस्थापन पक्ष(देउवा पक्ष)ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडि बढाएको थियो भने संस्थापन पक्षकै रिजालले पनि अफनो प्यानल खडा गरेका थिए । संस्थापन इतरपक्षबाट थापाले आफ्नो प्यानल खडा गरेकी थिइन्  । नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।

कांग्रेस महाधिवेशन

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully