रुपन्देहीमा भदौ ३१ सम्म थपियो निषेधाज्ञा

भाद्र १५, २०७८

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

यसबीचमा तीज पर्व परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully