चार दिनको फरकमा कोरोनाबाट बाबुछोराको मृत्यु

जेष्ठ ५, २०७८

काशीराम डाँगी

रोल्पा — रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा कोरोनाबाट चार दिनको फरकमा बाबुछोरोको मृत्यु भएको छ । स्थानीय ऋषिराम श्रेष्ठ र उनका छोरा सुन्दर श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

कोरोना संक्रमणपछि नेपालगञ्जबाट काठमाडौं पुर्‍याई थप उपचार गरिरहेका बेला जेठा छोरा सुन्दरको बुधबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताए ।

सुन्दर र उनको परिवार दाङमा बस्दै आएको थियो । बुबा ऋषिरामको पनि काठमाडौंमा उपचार गर्दै गरेका बेला ४ दिनअघि मृत्यु भएको थियो । 

कोरोना भाइरस

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully