बुटवलको कोरोना अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

जेष्ठ १, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।

गत वैशाख ९ गते पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भएका गुल्मीको धुर्कोट–२ का ३३ वर्षीय पुरुषको अस्पतालको फिभर क्लिनिकमा शनिवार बिहान ९ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । 

त्यस्तै, ३१ गते भर्ना भएकी रुपन्देहीको बुटवल–११ की ७० वर्षीष महिलाको शुक्रबार साँझ ६ बजे र ३१ गते नै भर्ना भएका सैनामैना–८ का ५४ वर्षीय पुरुषको दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । उनीहरु आकस्मिक कक्षमा उपचाररत थिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully