रुपन्देहीमा शनिबार थपिए ३ सय १ संक्रमित

वैशाख ११, २०७८

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा १ सय ७१ पुरुष र १ सय ३० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार थपिएका संक्रमितमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवल उपमहानगमा १ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ६४ संक्रमित थपिएका छन् ।

त्यस्तै, सिद्धार्थनगरमा ४६ ,रोहिणी गाउँपालिकामा २३ , ओमसतियामा २०, सैनामैनामा १०, देवदहमा ८ र शुद्धोधनमा ७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

रुपन्देहीमा अहिले सम्म १ सय ६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ हजार ८० जना संक्रमित उपचाररत रहेका छन् ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully