बाँकेमा कोरोना संक्रमणबाट अनमीको मृत्यु

माघ १६, २०७७

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट सिनियर अनमीको मृत्यु भएको छ । बाँकेको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीया रमा भारतीको कोरोनाबाट शुक्रबार मृत्यु भएको हो ।

कोरोना पनि भेरी अस्पतालमा उपचाररत भारतीको कोरोना भएको पाँचाैं दिनमा मृत्यु भएको हो । 

भारतीको शवलाई बर्दिया स्थीत उनको घर मगरागढीमा लगिएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

कोरोना भाइरस

रूपा

Link copied successfully