पाल्पामा एक जना कोरोना संक्रमितको मृत्यु

मंसिर १०, २०७७

माधव अर्याल

पाल्पा — लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१० का ८४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका  सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए  । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याइएको थियो ।

पाल्पामा एक हजार ४ सय ८४ जना कोरोना संक्रमित पुगेका छन् । एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा २ सय २६ जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully