शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह

आश्विन ६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयलको भदौ १९ गतेको निर्णय अनुसार नगर शिक्षा समितिको सोमबार बसेको बैठकले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सूचारु गर्न पाउने गरि निर्णय सार्वजनिक गरेको हो । 

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७, को दफा ३ मा उल्लेखित स्रोत र साधनका पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गिकरण गरि कक्षा सञ्चालन गर्न पाउने व्यवस्था अनुसार पठन–पाठन सञ्चालन गर्न अनुमति दिएको हो । 

साथै प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकाको हकमा पालिकाले होम स्कुलिङ व्यवस्था गरि सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully