बाँकेमा ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

भाद्र ११, २०७७

रुपा गहतराज

नेपालगन्ज — कोरोना भाइरसबाट बाँके जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुन पुगेका छन् । बाँके जिल्लामा हालसम्म ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस पुष्टि भएको छ ।

भेरी अस्पतालका चिकित्सक डाक्टर राजन पाण्डे र डाक्टर संकेत रिसाल कोरोना संक्रमित छन् । बिहीबार पनि भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोना देखिएको छ । 

कोभिड– १९ संकट व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले उपलब्ध गराएको तथ्यांक अनुसार बाँके जिल्लामा स्वास्थ्य सेवाका ४० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ९ जना चिकित्सक, १७ जना नर्स, एक जना ल्याबकर्मी, ६ जना पाराडिक्स, ७ जना हेल्पर रहेका छन् ।

संक्रमित ४० जनामध्ये भेरी अस्पतालका ४ जना चिकित्सक, १ नर्स, २ हेल्थ पर्सन गरी ७ जना र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेजका ५ जना चिकित्सकसहित ३३ जना कोरोना संक्रमित भएका हुन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully