बुटवल — प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ५१ पुगेको छ । यसमध्ये मंगलबार १ सय जना संक्रमित थपिएका हुन् ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार थप ६९ जना पुरुष र ३१ जना महिलामा संक्रमण देखिएको छ । जसमध्ये रुपन्देहीमा सबैभन्दा धेरै ५७ जनामा संक्रमण देखिएको छ । यस्तै प्यूठानमा १८, बाँकेमा ९, बर्दियामा ६, कपिलवस्तुमा ५, पाल्पामा ४ र गुल्मीमा १ जनामा संक्रमण देखिएको छ ।
प्रदेश ५ मा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । १ हजार ६० जना अहिले पनि उपचाररत छन् । देशभरको कुल संक्रमिततमध्ये १७ प्रतिशत संक्रमित यस प्रदेशमा छन् ।
