बाँकेमा शुक्रबार ११ जनामा कोरोना पुष्टि

श्रावण ३०, २०७७

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बाँकेमा थप ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।  

बाँकेका ११ जना र बर्दियामा १२ जना संक्रमित थपीएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । तीमध्ये कोहलपुरका ६ जना र नेपालगन्जका ५ जना रहेका छन् । 

बाँकेमा बिहीबार मात्र २२ जना कोरोना संक्रमित थपिएका थिए ।  योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully