बाँकेमा सलहको नयाँ झुन्ड

श्रावण १, २०७७

मधु शाही

बांके — बांकेमा बिहीबार सलह नयाँ झुन्ड देखिएको छ । भारतको सराजदेखि नरैनापुर गाउँपालिको सीमा हुँदै सलहको झुन्ड डुडुवा गाउँपालिका, नेपालगन्ज उपहानगरपालिका र बैजनाथ गाउँपालिकामा देखिएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार गए राति भारत हुँदै एउटा झुन्ड नरैनापुरमा आएर बसेको थियो । 

जंगलमा बसेकाले खेतीमा त्यति क्षति हुन नपाएको उनले बताए । ‘सानो झुन्ड नरैनापुरदेखि बांकेका विभिन्न स्थानमा डुलेको छ’, उनले भने, ‘यहाँबाट बर्दिया जाने सम्भावना छ ।’ 

सलहबाट खेती जोगाउन किसानलाई सूचना समेत दिएइको छ । थाल बजाएर, जाली थापेर पनि भगाउन सकिने तरिका सिकाएको उनले सुनाए । 

मधु

Link copied successfully