१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पचालझरना गाउँपालिका प्रमुख उपप्रमुखमा मा‌ओवादी केन्द्र विजयी

कालिकोट — पचालझरना गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देवराज शाही २ हजार ३ सय ६२ मत ल्याई विजयी भएका छन् ।

पचालझरना गाउँपालिका प्रमुख उपप्रमुखमा मा‌ओवादी केन्द्र विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर बोहरा बोगटीलाई ६३३ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर बोहरा बोगटीले १ हजार ७२९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार अल्किना बम २ हजार ३ सय ९८ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रन रोकायाले १ हजार २३६ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?