मतदातालाई मत हाल्न सिकाएको आरोपमा मतदान अधिकृत प्रहरी नियन्त्रणमा

वैशाख ३०, २०७९

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ । मतदातालाई मत हाल्न सिकाएको आरोपमा सर्लाहीको बलरा नगरपालिका-३ स्थित पुरानो गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

ओमप्रकाश

Link copied successfully