जनमोर्चाद्वारा रुपन्देही प्रतिबद्धतापत्र सार्वजनिक, संघीयता खारेजी मूल मुद्दा

वैशाख १८, २०७९

अमृता अनमोल

बुटवल — गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयता खारेजीको मुख्य योजनासहित स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देही प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजमोले प्रदेश सरकार खारेज गरी प्रदेशमा रहेको अधिकार स्थानीय तहमा हतान्तरण गर्ने प्रतिबद्धता जनाएको हो ।

स्वाथ्य संस्थाको स्तरोन्नति गरी नि:शुल्क र सहज रुपमा नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै स्थानीय स्तरमा हुने हत्या, हिंसा, बलात्कार, छुवाछुतसहित कुप्रथा अन्त्यका लागि प्रभावकारी कदम चाल्ने गाउँनगर सफा सुग्घर बनाउने, सफा शौचालय बनाउने पनि जनमोर्चाको प्रतिबद्धता छ ।

प्रतिबद्धतापत्रमा भूमिहीनको समस्या सधैँका लागि समाप्त गर्ने उल्लेख छ । यस्तै खेतीयोग्य जमिन बाँझो राख्न नदिने र भूमिको खण्डीकरण रोकी कृषियोग्य जमिन बचाउने भनिएको छ । लागूऔषध नियन्त्रण, पूरातात्विक क्षेत्रको संरक्षण लगायतलाई पनि प्रतिबद्धतापत्रमा समेटिएको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीका १६ मध्ये ७ स्थानीय तहमा उम्मेदवार उठाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully