वीरगन्ज — आसन्न स्थानीय निर्वाचनमा एमालेले बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा शिव पटेल र उप-प्रमुख मा सुश्मा कुशवाहालाई उमेदवार बनाउन सिफारिस गरेको छ।
एमाले बहुदरमाई नगर कमिटीको शुक्रबार बसेको बैठकले पटेल र कुशवाहालाई उम्मेदवार सिफारिस गरेको नगर कमिटी सचिव सुरेन्द्र यादवले बताए ।
