पाथीभरा मन्दिरमा मध्यरात कालरात्रि पूजा

पाथीभरामा हरेक वर्ष महाअष्टमी सकिने र महानवमी सुरु हुने रात कालो बोकाको बलि चढाउने प्रचलन छ ।

आश्विन १५, २०८२

आनन्द गौतम

Midnight Kalaratri Puja at Pathibhara Temple

ताप्लेजुङ — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले महानवमी सुरु हुने रातको ठिक १२ बजे पाथीभरा देवीलाई कालो बोकाको बलि चढाएको हो । 

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङ, सदस्य चेतराज घिमिरे, इन्द्र नारायण भट्टराई लगायतको पूजाविधिमा उपस्थिति रहेको थियो । माथील्लो फेदीबाट सयौंको सङ्ख्यामा मानिसहरु सहभागी भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । 

Midnight Kalaratri Puja at Pathibhara Temple

पाथीभरामा हरेक वर्ष महाअष्टमी सकिने र महानवमी सुरु हुने रात कालो बोकाको बलि चढाउने प्रचलन छ । पाथीभराका पुजारीका अनुसार अगाडि पूजा विधि सकेर ठिक १२ बजे बलि चढाउने प्रचलन रहेको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully