झुम्का कारागारबाट भागेका १२ कैदी धरानबाट पक्राउ

मंगलबार जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । शुक्रबार बिहानसम्म ३ सय ५५ जना कैदी बन्दीलाई सेनाले पक्राउ गरेका र केही आफैं फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले जानकारी दिएका छन् ।

भाद्र २७, २०८२

एलिना राई

इटहरी —
जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका १३ जना फरार कैदीलाई धरानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिहेका ३८ वर्षीय हर्कबहादुर राई जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते जेलबाट फरार भएका थिए ।

उनलाई नेपाली सेनाको टोली र इलाका प्रहरीका कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।



त्यस्तै, लागूऔषध मुद्दामा कैद भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्ने ३१ वर्षीय वसन्तराज जोशीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।



फरार कैदीहरू अमन राई, सुमन केरुङ, जितबहादुर लिम्बू, मदन राई , ईश्वर कार्की, अग्नि तामाङ, युवराज लिम्बू, खड्कबहादुर कार्की, हस्तबहादुर कार्क लगायत १२ जनालाई धरानमा लुकीछुपी रहेको अवस्थामा सेना र प्रहरीले पक्राउ गरेको थियो भने केही आफैं उपस्थित भएको प्रहरीले जनाएको छ ।





मंगलबार जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । शुक्रबार बिहानसम्म ३ सय ५५ जना कैदी बन्दीलाई सेनाले पक्राउ गरेका र केही आफैं फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले जानकारी दिएका छन् ।


एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully