खोटाङ — खोटाङमा तीन दिनदेखि विद्युत् अवरुद्ध रहेको छ । शुक्रबार दिउँसोबाट अवरुद्ध उदयपुरको जलजले-बुइपा ३३ केभी प्रसारण लाइन अझै सञ्चालनमा आउन सकेको छैन ।
हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीमा पोलमा क्षति पुगेको र त्यसलाई मर्मत गर्दा ढिलो भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
मर्मतका लागि विद्युत् कर्मचारी प्रभावित क्षेत्र भर्खर पुगेको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । स्थानीयले भने तीन दिनदेखि विद्युत अवरूद्ध हुँदा पनि मर्मतमा चासो नदेखाएको गुनासो गरेका छन् ।
