नवलपरासी पूर्व — अरुणखोला बजारभन्दा तल तमासपुरको एक ह्याचरी बाढीले डुबाउँदा २२ हजारभन्दा बढी कुखुरा मरेका छन् । प्रहरी चौकी अरुणखोलाका अनुसार तमासपुरमा रहेको संस्कार ह्याचरीमा शनिबार बाढी पसेपछि सबै कुखुरा मरेका हुन् ।
बाढीका कारण ह्याचरीमा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । मध्यबिन्दुका चोलाकान्त काफ्ले र युवराज काफ्लेको संयुक्त लगानीमा कुखुरा फर्म सञ्चालनमा थियो ।
नारायणीमा आएको बाढी पसेर कुखुराको खोर डुबाएको हो । यो ह्याचरीमा फसेका २ जना मजदुरलाई शनिबार राती सशस्त्र प्रहरीले डुंगावाट उद्धार गरेर बाहिर निकालेको प्रहरीले जनाएको छ ।
