आचारसंहिताविपरीत मोटरसाइकल, रिक्सा र्‍याली

वैशाख २६, २०७९

कान्तिपुर संवाददाता

मोरङ — निर्वाचन आचारसंहिताविपरीत मोरङको जहदा गाउँपालिकामा कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले शनिबारयता माइकिङका साथै मोटरसाइकल र सिटी रिक्सा र्‍याली प्रदर्शन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरे पनि सबै उम्मेदवार अहिले घरदैलो कार्यक्रमका साथै शक्ति प्रदर्शन गर्न थालेका छन् । 

 उनीहरूले पार्टीको झन्डाका साथै चुनाव चिह्न अंकित तुल, ब्यानर मोटरसाइकल र सिटी रिक्सामा राखेर प्रदर्शन गरिरहेका छन् । आचारसंहितामा यी यस्ता र्‍यालीहरू समेत प्रदर्शन गर्नमा बन्देज लगाइएको छ । 

मोरङस्थित प्रदेश १ को एकमात्र महानगर विराटनगर र ८/८ वटा नगर र गाउँपालिकामा उम्मेदवारहरूले यसरी नै मोटरसाइकल, सिटी, अटो रिक्सा र गाडीको र्‍याली प्रदर्शन गरिरहेका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका आचारसंहिता अनुगमन समितिका संयोजक लेवन कश्यप अधिकारीले दल र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको बारेमा सचेत गराउनेलगायतका कारबाही प्रक्रिया सुरु गरिएको बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully