मोरङ — कोशी अस्पताल, कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल र न्यूरो अस्पतालमा गरी १२ जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
धनकुटाको धनकुटा नगरपालिका–१ का ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मिनारायण यादवले बताए ।
यस्तै, विराटनगर–९ का ७६ वर्षीय पुरुष र झापाको गौरीगञ्ज–२ की ८४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
यस्तै, विराटनगर–२ का ९१ वर्षीय पुरुष, झापाको अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, सुनसरीको धरान–१५ की ५५ वर्षीया महिला र सप्तरीको महादेवा–२ की ६० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
विराटनगर–१३ का ७० वर्षीय पुरुष, विराटनगर–१० की ६३ वर्षीया महिला, विराटनगरका–५५ वर्षीय पुरुष र सुनसरीको इनरुवा–१ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए ।
यस्तै, विराटनगर–७ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको न्यूरो अस्पतालका भारत श्रेष्ठले बताए ।
