बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

वैशाख ३०, २०७८

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा र कोभिड अस्पतामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकहरुमा सिराहाको लाहान–१० का ७० वर्षीय पुरुष, सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुष, सुनसरीकै गढी गाउँपालिका–६ का ७१ वर्षीय पुरुष र बराहक्षेत्र नगरपालिका–५ की ८२ वर्षीया महिला रहेका छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार इटहरीका पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको थियो । उनका अनुसार मृतकहरु सबै उच्च रक्तचाप, मधुमेहका दीर्घरोगी रहेका थिए ।  

सय बेडको कोभिड अस्पतालमा बिहीबार सम्ममा ५२ जना भर्ना भएका छन् । तीमध्ये अधिकांश संक्रमित आईसियू र एचडियूमा उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।

कोरोना भाइरस

Link copied successfully