उदयपुर — स्थानीय प्रशासनले आइतबार साँझ ८ बजेदेखि उदयपुर जिल्लामा सवारी साधनमा रोक लगाएको छ ।
कोरोना संक्रमण वृद्धि दर बढ्दै गएपछि त्यसलाई रोक्ने उद्देश्यले यातायातका साधनका रोक लगाइएको हो । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) बैठकले बढ्दो संक्रमण रोक्न सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्या एक्कासि बढेकाले थप संक्रमण हुनबाट रोक्नका लागि एक साता यातायात (दुई पाङ्ग्रेबाहेक) सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईंले बताए ।
