पहिरोले इलाममा घर बगायो, मेची राजमार्ग अवरुद्ध

भाद्र १६, २०७७

पर्वत पाेर्तेल

झापा — सोमबार रातिको भारी वर्षापछिको पहिरोले झापासंग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा एक घर बगाएको छ ।

रोङ गाउँपालिका ६ का वडाध्यक्ष सुवास स्याङ्बोले पहिरोले स्थानीय बलबहादुर राईको घर बगाएको बताए । उनीहरुलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा लगेर राखिएको छ ।   

मेची राजमार्गका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

पहिरोका कारण गाउँपालिकाका विभिन्न ठाँउमा बिजुलीका पोलमा पनि क्षति पुगेको  वडाध्यक्ष स्याङ्बोले जनाए ।  

बाढी-पहिरो

पर्वत

Link copied successfully