कोसी अस्पतालमा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि

श्रावण ३०, २०७७

विराटनगर — कोसी अस्पतालको आइसोलेसनमा बिहीबार मृत्यु भएका विराटनगर–१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।

शुक्रबार आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार ६० जना संक्रमित थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

कोरोना भाइरस

Link copied successfully