मुगु — गमगढी–सोरुकोट सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । छायाँनाथ रारा नगरपालिकाको फुली बामधारामा सडक खन्ने क्रममा माथिबाट पहिरो आएर स्काभेटर पुरेपछि सडक अवरुद्ध भएको हो । पहिरोले एक्सकाभेटर पुर्दा चालक पवन घिमिरेको मृत्यु भएको थियो ।
सडक अवरुद्ध हुँदा गमगढी–सोरुकोटमा चल्ने सवारीसाधन बन्द भएपछि स्थानीयलाई आउजाउ गर्न र दैनिक उपभोग्य समान ओसारपसार गर्न कठिनाइ भएको छ ।
पहिरोले गमगढी–सोरुकोट सडक अवरुद्ध हुँदा गमगढीबाट पसलको सामान ल्याउन मुस्किल भएको सोरुकोट ए टु जेट किनारा पसलका प्रोपराइटर धिरजंग मल्लले बताए । पसलमा सामान सकिएको र गमगढीबाट ल्याउन गाह्रो भएको उनले बताए ।
पहिरोले सडक अवरुद्ध भएपछि जिपले यात्रु र समान झारेर एक स्थानबाट अर्को स्थानसम्म ओपारपसार गर्नु थालेका छन् ।
