गाउँपालिका अध्यक्ष बने वडा सदस्यको उम्मेदवार

वैशाख १८, २०७९

ज्योति कटुवाल

दैलेख — भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढा वडा सदस्यको उम्मेदवार बनेका छन् । स्थानीय तहको चुनाव लक्षित गर्दै बुढाले अध्यक्ष पदबाट ९ गते राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको बताए ।

२०७४ को चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका बुढाले वडा ७ माथिल्लो कुसापानीबाट वडा सदस्यको चुनावमा होमिएको बताए । ‘जिल्ला समन्वयमा प्रतिनिधित्व गर्न वडाबाट आउनु पर्ने रहेछ, ’ उनले भने, ‘गाउँपालिकामा ५ वर्ष सेवा गरे अब जिल्ला समन्वयबाट हुनेछ ।’

स्थानीय तह निर्वाचन २०७९

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully