काठमाडौँ — २४ घण्टामा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ हजार ७ सय जनामा गरिएको पीसीआर परीक्षणमा २९१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो ।
यस्तै, २ हजार ७९८ जनामा एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार २५५ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ ।
