जर्मनीद्वारा नेपाललाई मोडर्ना र जोन्सन खोप सहयोग 

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जर्मनीले नेपाललाई १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना खोप र २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन खोप गरी ४१ लाख ४२ हजार २५० मात्रा खोप प्रदान गरेको छ । 

बिहीबार जर्मन सरकारले कोभ्याक्स सुविधाअन्तर्गत खोप सहयोग गरेको हो ।

यी प्राप्त खोपहरु १२ वर्ष माथि र १८ वर्ष मुनिका बालबालिकाका लागि यही पुस ४ गतेदेखि तथा अन्य लक्षित वर्गका लागि चाँडै नै अभियान सञ्चालन गरी खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म कुल जनसंख्याको ३८.२ प्रतिशत लाई कम्तीमा एक मात्रा र ३१.०१ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइसकिएको छ भने लक्षित जनसंख्याको ५८.२ प्रतिशतलाई कम्तीमा एक मात्रा र ४७.२ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ ।  

कोरोना भाइरसकोरोना खोप

कान्तिपुर

Link copied successfully