पूर्वी नवलपरासीमा ७५ हजारले लगाए खोप

भाद्र ६, २०७८

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा ७५ हजार जनाले खोप लगाएका छन् । तीमध्ये ५५ हजारले दोस्रो डोजसमेत लगाइसकेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी १९ हजार जनाले कोभिसिल्ड, ४० हजार ५४ ले भेरोसेल र बाँकी १६ हजारले जोन्सन खोप लगाएका छन् । 

अन्य जिल्लामा पहिलो डोज खोप लगाएर यहाँ आएकालाई जिल्लामा दोस्रो डोजको खोप लगाउने व्यवस्थाअन्तर्गत ४ सय ३० ले लगाइसकेका छन् । ३ लाख 

जनसंख्या रहेको यस जिल्लामा सरकारी कर्मचारी, सुरक्षाकर्मी र विभिन्न उमेर समूहका व्यक्तिले (सरकारी प्राथामिकतामा परेकाहरू) खोप लगाएका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार पहिलो खोप लगाएका सबैलाई भदौ महिनाभरी दोस्रो डोज खोप लगाइसक्ने लक्ष्य छ । 

दुर्गम पहाडी भेगमा खोप लगाउनेको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । 

कोरोना खोप

कान्तिपुर

Link copied successfully