नवलपरासी पूर्वमा बुधबार राति १२ बजेबाट निषेधाज्ञा

भाद्र ३, २०७७

नारायण शर्मा

नवलपरासी — नवलपरासी पूर्वमा बुधबार राति १२ बजदेखि भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

दुई दिनको अवधिमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ ९ सम्म निषेधाज्ञा जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना संक्रमण समुदायको पुगेको ठहर गर्दै निर्णय गरिएको बताए । प्रशासनले बुधवार एक सूचना जारी गर्दै स्थानीयलाई स्वास्थ्य सुरक्षामा ध्यान दिँदै हिडडुल गर्न , सार्वजनिक स्थलमा भेला हुन, रमाइलो गर्न पसल व्यवसाय खोल्न प्रतिबन्ध लगाएको जनाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउन र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन भदौ ९ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully