गोरखाको चुमनुब्रीमा पहिरोमा पुरिएर एक बेपत्ता

श्रावण ९, २०७७

हरिराम उप्रेती

गोरखा — गोरखाको चुमनुब्रीमा पहिरोमा पुरिएर एक वृद्व बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासका ७६ वर्षीय कान्छा गुरुङ पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । 

‘उहाँ गोठमा सुत्नुभएको रहेछ, राति गएको पहिरोमा परी बेपत्ता हुनुहुन्छ,’ एसपी गुरुङले भने । सिर्दिवास प्रहरी चौकीबाट गएको टोलीले स्थानीयको सहयोगमा बेपत्ताको खोजी गरिरहेको उनले बताए । 

बाढी-पहिरो

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully