ताप्लेजुङ — पहिरोले बेंसीगाउँ आधारभूत विद्यालयको भवन भत्काएको छ । विद्यालयमाथि बाट खसेको पहिरोले बस्नै नहुने गरी भत्काएको प्रधानाध्यापक डम्बरबहादुर राईले बताए ।
मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा अवस्थित यो विद्यालयको माथि ४० मिटर लामो पहिरो झरेको प्रअ राईले बताए ।
पहिरोले २५ लाख बराबरको क्षति भएको विद्यालयले जनाएको छ । पहिरोले विद्यालयको पर्खाल र चार कोठाको एउटा पक्कि भवन भत्काएको छ ।
