मुकुन्द रूपाखेतीको शब्दमा तयार पारिएको गीतमा गायिका खत्रीकै स्वर र संगीत सुन्न सकिन्छ । भिडियो निर्देशन नीतिन चन्दले गरेका छन् ।
काठमाडौँ — गायिका सिर्जना खत्री ‘हाउडेमाया’ ले आउँदै गरेको तीजलाई लक्षित गरी ‘नारी मस्तिमा’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।
मुकुन्द रूपाखेतीको शब्दमा तयार पारिएको यस गीतमा गायिका खत्रीकै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको कथा समेत खत्रीकै रहेको छ ।
‘नारी मस्तिमा’ गीतले तीजको अवसरमा महिलाहरूले आफ्ना पीडा बिर्सेर स्वतन्त्र रूपमा रमाइलो गर्ने सन्देश दिन खोजेको छ ।
गीतको भिडियो नीतिन चन्दले निर्देशन गरेका हुन्। भिडियोमा सारी लगाएर चिटिक्क परेर बस्तीबस्तीमा महिलाहरू नाच्दै रमाएको दृश्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
