काठमाडौँ — दिनेश राउतले निर्देशन रहेको फिल्म ‘पुजार सार्की’को छायांकन सुरु भएको छ । जातीय विभेदविरुद्ध कम्युनिस्ट नेताले गर्ने संघर्षको कथावस्तुमा आधारित फिल्मको छायांकन पोखराको कास्कीकोटबाट सुरु भएको हो । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का लगायतको अभिनय रहेको छ ।
विकास सुवेदीले लेखेको फिल्मको सबै छायांकन कास्कीकोटमै हुने निर्देशक राउतले बताए । फिल्मले जातीय विभेदविरुद्धको संघर्षको कथा पेस गर्ने राउतले बताए । फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बू पनि अभिनय गर्दै छन् । बराइलीले यसअघि ‘महापुरुष’ र परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’ मा अभिनय गरिसकेका छन् ।
त्यसबाहेक फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीलगायतको अभिनय रहनेछ ।
