काठमाडौँ — 'आदिपुरुष'का संवाद लेखक मनोज मुंतशिरले नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । नेपालको स्वाधिनताबारे एक सञ्चारमाध्यमबारे उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
शनिबार लल्लनटपसँगको अन्तर्वार्तामा मुंतशिरले नेपाल पहिले भारतकै अंश थियो भनेर झूट बोलेका हुन् ।
'आदिपुरुष' को संवादलाई लिएर विवाद चर्किएपछि नेपालमा त्यसको केही संवाद काटेर रिलिज गरिएको हो । 'नेपालको विरोध मैले बुझ्न सकेको छैन । नेपाल भारतको अंश हुँदाको कहानी हो यो । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको थियो,'मुतंशिरले भनेका छन्,'नेपाल भारतमै थियो । सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूलाई कुनै किसिमको चित्तदुखाइ छ र मसँग उनीहरूको कुरा हुन पायो भने जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थियो भनेर म सम्झाउनेछु ।'
राष्ट्रका हिसाबले नेपाल भारतबाट फरक नभएकोसमेत बताएका छन् । 'देशका हिसाबले हामी फरक हुन सकौंला । भौगोलिक सीमा फरक छन्,'उनले भनेका छन् । मुंतशिरको भनाइको खण्डन गर्दै कलाकार दीपकराज गिरी लेख्छन्,'लेखकले आधि ज्ञान लिएर आदिपुरुष बनाएछन्! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ।' ने
पाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अध्यक्षसमेत रहेका निर्माता केपी पाठकले मुतंशिरको भनाइप्रति असहमति जनाउँदै लेखेका छन्,'यो भनाइप्रति घोर असहमति र भर्त्सना !'
