काठमाडौँ — जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘टुल्की’ प्रचारप्रसार तीव्र पारेको छ । यसै क्रममा फिल्म निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।
बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ का पोस्टरमा फिल्मका मुख्य कलाकार शिशिर वाङ्देल र स्वस्तिमा कार्कीलाई प्राथमिकता दिइएको छ । फिल्ममा शिशिर र स्वस्तिमासँगै सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।
द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन देव थापाले गरेका छन् । फिल्मको छायांकन सुशील अधिकारी र नवराज घिमिरेले गरेका हुन् । डोल्पामा छायांकन गरिएको फिल्मका निर्माता शेखर लामा हुन् । आरपी कर्माचार्य र उजेली लामाले निर्माणमा सहकार्य गरेका छन् ।
बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।
