काठमाडौँ — हलमा रिलिज भएको तेस्रो दिनमा फिल्म ‘प्रसाद–२’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । यो गीतले विद्रोहको कुरा गर्छ । यो गीतले फिल्मप्रति दर्शकको आशा अझै बढाउने निश्चित छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय छ ।
सुदर्शन थापाको निर्देशनमा तयार फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी छ । सुदर्शन बस्नेतको लगानीमा तयार फिल्म शुक्रबारदेखि देशव्यापी रिलिज भएको हो । फिल्मले औसत व्यापार गरिरहेको छ । तर, फिल्मको वर्ड अफ माउथ भने बलियो छ । फिल्मलाई प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया मिलेको थियो ।
‘प्रसाद’ फिल्मको सिक्वेलका रूपमा तयार भएको फिल्मले समाजमा रहेको जातीय विभेद अन्त्यका लागि बलियो आवाज उठाएको छ ।
