आजकै दिन : नोरा जोन्सको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी गायिका, गीतकार र पियानो वादक नोरा जोन्सको सन् १९७९ मा आजकै दिन (मार्च ३०) मा जन्म भएको थियो । उनको पूरा नाम गीताली नोरा जोन्स शंकर हो ।

उनको पिता भारतीय संगीतकार रवि शंकर र आमा अमेरिकी कन्सर्ट प्रोड्युसर सुई जोन्स हुन् । नोराको जन्म न्युयोर्कमा भएको थियो । उनले दर्जनौं सांगीतिक अवार्ड प्राप्त गरिसकेकी छन् । संगीत तथा मनोरञ्जनसम्बन्धी अमेरिकी म्यागजिन बिलबोर्डले उनलाई २००० को दशकको शीर्ष ज्याज कलाकार घोषित गरेको थियो । उनले हालसम्म नौ वटा ग्रामी अवार्ड जित्न सफल भएकी छन् ।

नोराले सन् २००२ मा एकल एल्बम ‘कम अवे विथ मि’ सार्वजनिक गरेकी थिइन्, जसको २ करोड ७० लाख प्रति बिकेको थियो । उक्त गीतमार्फत उनले ‘एल्बम अफ द इयर’, ‘रेकर्ड अफ द इयर’, ‘बेस्ट न्यु आर्टिस्ट’ जस्ता विधामा ५ वटा ग्रामी अवार्ड प्राप्त गरेकी थिइन् । उनले त्यसपछि ‘फिल्स अफ लाइक होम २००४)’, ‘नट टु लेट (२००७)’, ‘द फल (२००९)’ जस्ता एल्बम ल्याएकी छन्, जसको लाखौं प्रति बिक्री भएको छ ।

उनले पछिल्लो समय ‘पिक मी अप अफ द फ्लोर (२०२०)’ एल्बम सार्वजनिक भएको छ । उनले कलाकारका रूपमा ‘माई ब्लुबेरी नाइट्स’ फिल्ममा अभिनय गरेकी छन्, जुन फिल्म सन् २००७ मा प्रदर्शनमा आएको थियो ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

‘नांगो गाउँ’ मा साम्राज्ञी

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा चैत १० देखि फिल्मको छायांकन भइरहेको हो । ३५ दिनभित्र छायांकन सक्ने निर्देशक लामाले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरूमा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल छन् । 

यस्तै, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकारको पनि मुख्य भूमिका छ । मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभइसकेको निर्देशक लामाले जानकारी दिए ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा हिमाल शर्माले लगानी गरेका छन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्ष हिट भएको थियो । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायत फिल्म निर्देशन गरिसकेका छन् ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×