२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

मिस नेपाल अडिसन इटहरीबाट

सुनसरी — मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात सुनसरीको इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ बाट अडिसन हुन लागेको जनाएको छ ।

मिस नेपाल अडिसन इटहरीबाट

कान्तिपुर मिडिया ग्रुप (केएमजी) अफिसियल मिडिया रहेको मिस नेपाल–२०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीको लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो ।

इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । उनले अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको बताए । मिस नेपाल–२०२३ का लागि आगामी जेठ १३ मा ललितपुरको गोदावरीमा ग्रान्ड फिनालेको आयोजना गरिने बताइएको छ ।

प्रकाशित : माघ २७, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?