अस्ट्रेलियामा छपक्कै तीज, ‌ओइरिँदै कलाकार

यस वर्ष मुख्य सहरमा मात्र नभएर नेपाली बसोबास गरिरहेका अस्ट्रेलियाका ग्रामीण क्षेत्रमा समेत तीज कार्यक्रम आयोजना भइरहेका छन् ।

भाद्र २, २०८२

नारायण खडका

Definitely a rising, rising artist in Australia

What you should know

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका नेपालीलाई पनि तीजले छपक्कै छोपेको छ । सामूहिक तीजका कार्यक्रममा नेपालबाटै कलाकार बोलाउने र तीजका गीतमा रम्ने चलन अस्ट्रेलियामा सामान्य भइसक्यो ।

दक्षिण अस्ट्रेलियास्थित नेपाली भाषा पढाउने नेपाली पाठशालाले अगस्त ९ मा आयोजना गरेको तीज कार्यक्रममा सयौं नेपाली महिलाले परम्परागत पोसाकमा नाच्दै तीज मनाए । 

यस वर्ष मुख्य सहरमा मात्र नभएर नेपाली बसोबास गरिरहेका अस्ट्रेलियाका ग्रामीण क्षेत्रमा समेत तीज कार्यक्रम आयोजना भइरहेका छन् । एनआरएनएको महिला संगठन नारी निकुञ्जले समेत तीज कार्यक्रमको आयोजना गरिरहेको छ । निकुञ्जले पहिलो तीज कार्यक्रम अगस्त ३ मा सिड्नीमा सम्पन्न गर्‍यो भने एडिलेडमा आगामी शनिबार र तास्मानियामा अगस्टको २६ मा तीज कार्यक्रम आयोजना गर्दै छ ।  

अस्ट्रेलियामा आयोजित तीज कार्यक्रममा दर्जनभन्दा बढी नेपाली गायक-गायिका यहाँ आउँदै छन् ।  राजनराज शिवाकोटी, प्रीति आले, खुमन अधिकारी, खेम सेञ्चुरी, सुनिता क्षेत्री, शान्तिश्री परियार, रामजी खाँड, सम्झना भण्डारी, शान्तारानी परियार, श्याम राना, लक्ष्मी मल्ल, मिलन नेवार लगायतका कलाकारले अस्ट्रेलियाको विभिन्न राज्य तथा सहरमा प्रस्तुति दिने कार्यक्रम छ । Definitely a rising, rising artist in Australia

दक्षिण अस्ट्रेलियामा तीज कार्यक्रम आयोजना गर्न खटिएका चन्द्रमणि पाण्डेले यस्ता कार्यक्रमले परम्परा सम्झाउने बताउँदै महिलालाई एक दिन भए पनि सबैसँग मिलेर रमाइलो गर्ने र मिठो परिकार खुवाउने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको बताए । 

करिब दुई साताअघि देखि नै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका हरेक ठूला सहर मात्र नभएर ग्रामीण भेगमा समेत तीजका कार्यक्रम भइरहेका छन् । सिड्नीको दुर्गम स्थान वागावागादेखि अरेन्जसम्म र मेलबर्नको गोलबर्नदेखि बेन्डिगोसम्म तीजका कार्यक्रम आयोजना भएका छन् । सिड्नी, मेलबर्न लगायतका स्थानमा अहिले सातामै ५ वटासम्म तीजका कार्यक्रम आयोजना भइरहेका छन् भने ग्रामीण भेगका नेपालीलाई पनि उत्तिकै तीज लागेको छ । 

करिब एक दशकदेखि तीज लगायतका विभिन्न कार्यक्रममा नेपाली कलाकारलाई ल्याएर कार्यक्रम गरिरहेका गिरिस इभेन्टका गगन गिरीले बताए । उनका अनुसार नेपाली कलाकारका लागि अस्ट्रेलिया राम्रो आम्दानीको स्रोत बनेको छ । समूहगत रुपमा आउने कलाकारहरु एकपटकमा एक महिनादेखि डेढ महिनासम्म अस्ट्रेलियाका विभिन्न सहरमा व्यस्त रहन्छन् ।

नारायण खडका

Link copied successfully