निर्माण थालेको ८० महिनापछि सञ्चालनमा आयो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो ।

श्रावण ११, २०८३

विमल खतिवडा

The Nagdhunga-Sisnekhola tunnel came into operation 80 months after construction began

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आजबाट सञ्चालनमा आएको छ । निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो । सुरुङ चौबीसै घण्टा खुला हुनेछ ।

पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । पहिलो लटमा एम्बुलेन्स, दकमल र सुरक्षाकर्मीको गाडीका लागि सुरुङ खुला हुने छ ।

त्यसपछि अन्य सवारीसाधनलाई चरण–चरण गरेर खुला गर्दै लगिने निर्देशक नेपालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो । 

The Nagdhunga-Sisnekhola tunnel came into operation 80 months after construction began

४२ महिनाभित्र सक्ने लक्ष्यसहित यसको निर्माण थालिए पनि कोभिड–१९ लगायत कारणले ढिला गरी मात्र सम्पन्न भएको पूर्वाधार मन्त्रालयको भनाइ छ । निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो । निर्माण सुरु भएको  ८० महिना अर्थात् करिब ७ वर्षमा काम सकिएको हो । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully