ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङमार्गको शिलालेख हटाइएको हो ? यस्तो छ वास्तविकता

जेन-जी आन्दोलनका बेला सडक विभागमा आगलागी हुँदा उक्त शिलालेख पनि जलेर नष्ट भएको थियो ।

श्रावण १०, २०८३

विमल खतिवडा

Was the foundation stone plaque of the Nagdhunga Tunnel, inaugurated by Oli, removed? Here is the reality

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखे- 'शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन !'

उनले उठाएको शिलालेखको विषय हो- नागढुंगा–सिस्नेखोला सुरुङमार्गको । 

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनको नाम अंकित शिलालेख वर्तमान सरकारले हटाएको भन्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । तर, यसको वास्तविकता नबुझी महासचिव पोखरेलले अझ अगाडि लेखेका छन्, 'सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति हो । वास्तवमा बालेन नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर जुन हर्कत गरिरहेको छ, यसले उनीहरूलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्नेछ !'

Was the foundation stone plaque of the Nagdhunga Tunnel, inaugurated by Oli, removed? Here is the reality

वास्तविकता के हो त ?

सुरुङमार्गको डिजाइनअनुसार काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको ठाउँमा सीसी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएकाले शिलान्यास गर्दाको शिलालेख एक वर्षअघि नै हटाइएको सडक विभागले जनाएको छ । 

उक्त शिलालेख निकालेर त्यसबेला बरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको विभागका महानिर्देशक विजय जैसीले बताए । ‘विभागमा अहिले यो सरकार नआउँदै लगेर राखिएको हो,' उनले भने, 'भदौमा भएको जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा पनि क्षति भयो, त्यो बेला उक्त शिलालेख पनि जलेर नष्ट भयो ।’ 

शिलालेख हटाएको भनेर अहिले सामाजिक सञ्जालमा प्रचार भइरहेक पनि त्यसमा कुनै सत्यता नरेहको उनको भनाइ छ । 'यसलाई किन अतिरञ्जित बनाइँदै छ, थाहा छैन,’ उनले भने ।

सुरुङमार्ग भोलि सोमबारबाट सञ्चालनमा आउँदै छ । तर, शिलान्यास गर्दाको शिलालेख राख्ने/नराख्नेबारे केही निर्णय नभएको जैसीले बताए । सुरुङमा यस्ता कुरा कमै राखिने विभाग स्रोतको भनाइ छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए ।

Was the foundation stone plaque of the Nagdhunga Tunnel, inaugurated by Oli, removed? Here is the reality

सुरुमा ४२ महिनामा सक्ने भनिए पनि निर्माण थालेको ८० महिनापछि सोमबारबाट सुरुङ सञ्चालनमा आउँदै छ । सुरुङ चौबीसै घण्टा खुला हुनेछ । 

पहिलो लटमा आपत्‌कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउनेछैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।

सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ । 

पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई भने प्रवेश निषेध गरिएको छ । पेट्रोल, डिजेल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी पनि सुरुङमार्गमा छिर्न पाउनेछैनन् ।

युसिन–एआरटी जेभीले सुरुङमार्ग पाँच वर्ष सञ्चालन तथा व्यवस्थापन गर्नेछ भने एक वर्षसम्म जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले मर्मत सम्भार गर्ने सम्झौता छ ।

जापानको करिब रु २१.५ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी सुरुङमार्ग बनेको हो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully