चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको छ : कृषिमन्त्री चौधरी

प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको मन्त्री चौधरीको भनाइ

असार ३, २०८३

कान्तिपुर संवाददाता

Government is taking initiatives to resolve problems in tea exports: Agriculture Minister Chaudhary

काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले पहल गरिरहेको बताएकी छिन् । 

बधुबार मन्त्रालयका सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको जानकारी दिएका हुन् । 

३ दिनयता इलामलगायतका देशभरका चिया उद्योगीहरुले चिया निर्यातमा समस्या देखिएपछि आफ्ना उद्योग बन्द गरेका छन् । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागिपरेको बताइन् । 

‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भीर भएर पहल गरिराखेको छ । र यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छ,’ मन्त्री चौधरीले भनिन् । 

कान्तिपुर

Link copied successfully